नर खोला हाइड्रोको रेटिङ पुनः पुष्टि, ९.६३ अर्बको ऋण सुविधालाई ‘डबल बी माइनस’

काठमाडौं । केयर रेटिंग्स नेपालले नर खोला जलविद्युत आयोजनाको दिर्घकालिन बैंक सुविधाको रेटिङलाई पुनः पुष्टि गरेको छ । केयर रेटिङले ९ अर्ब ६३ करोड रुपैयाँ बराबरको बैंक सुविधाको रेटिङलाई ‘केयर–एनपी डबल बी माइनस’ पुनः पुष्टि गरेको छ । 

कम्पनीले मनाङ जिल्लामा ६१.११ मेगावाट क्षमताको नर खोला पीआरओआर  जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको कुल अनुमानित लागत १२ अबृ ८४ करोड रुपैयाँ रहेको छ । यसलाई ७५ः२५ को ऋण–इक्विटी अनुपातमा वित्तपोषण गर्ने प्रस्ताव गरिएको छ ।

उत्पादित विद्युत आयोजनास्थलबाट ६ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरी मनाङ जिल्लामै निर्माणाधीन २२०/१३२ केभी धारापानी सबस्टेशनमा जोडिनेछ । 

सन् २०२६ को सेप्टेम्बरको मध्यसम्ममा कम्पनीको वित्तीय प्रगति १४ प्रतिशत पुगेको छ । आयोजना सन् २०२८ जुनमा व्यवसायिक रुपमा सञ्चालनमा ल्याउने तयारी छ । रेटिङ एजेन्सीका अनुसार आयोजना सुरुवाती चरणमा रहेको हुनाले लागत र समय बढ्ने अनुमान छ ।

जोखिम, भौगोलिक अनिश्चितता, विद्युत निकासीसम्बन्धी जोखिम, नदीको बहावमा आधारित ( उत्पादन प्रणालीका कारण आउने जलविज्ञानसम्बन्धी जोखिम, प्राकृतिक प्रकोपको सम्भावना तथा ब्याजदरको उतारचढाव जस्ता कमजोर पक्षहरु प्रमुख चुनौतीका रुपमा औंल्याएका छन् । यद्यपि, हाइड्रोपावर तथा निर्माण क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव भएका अनुभवी प्रवद्र्धक तथा व्यवस्थापन टोलीको संलग्नता यस आयोजनाको सबल पक्ष रहेको छ ।

यसबाहेक, नेपाल विद्युत प्राधिकरसँग  ३० वर्षका लागि विद्युत खरिद सम्झौता भइसकेको हुनाले अफटेक जोखिम न्यून रहेको छ । नेपाल सरकारको अनुकुल ऊर्जा नीति, कर छुटका सुविधाहरू तथा ऊर्जा क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकको निर्देशन जस्ता पक्षहरूले यस परियोजनालाई दीर्घकालीन रूपमा सहयोग पुग्ने देखिन्छ । 
 

Share News