काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले सेयरधनीलाई ३.६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गरिएको वित्तीय विवरणअनुसार वितरणयोग्य रकमबाट नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको ३.६८४२ प्रतिशतले हुन आउने ७ करोड ४ लाख ६० हजार ५२६ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांशमध्ये ०.१८४२ प्रतिशत अर्थात् ३५ लाख २३ हजार २६ रुपैयाँ ३२ पैसा कर प्रयोजनका लागि छुट्याइने कम्पनीले जनाएको छ । बाँकी रकम प्रचलित कानुनअनुसार कर कट्टी गरी सेयरधनीलाई वितरण गरिनेछ ।
कम्पनीले प्रस्तावित नगद लाभांशसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गराएको छ ।