भ्रमणका लागि भारत गए सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी पत्नी निकिता लामिछाने र मन्त्री प्रतिभा रावलसहित भारततर्फ लागेका हुन् ।

लामिछाने आज बिहान काठमाडौंबाट हवाईजहाजमार्फत धनगढी पुगेका थिए । धनगढीबाट उनीहरू भारततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

लामिछानेको सचिवालयले उक्त भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भनेको छ । भ्रमणका क्रममा उनले परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको जनाएको छ ।

तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।  

Share News