बूढीगण्डकीका बाढीपहिरो पीडितलाई ग्रीन डेभलपमेन्ट बैंकको राहत

पोखरा । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गोरखाको बूढीगण्डकी क्षेत्रमा बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत सामग्री सहयोग गरेको छ ।

२०८३ असोज २५ गते आएको बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राहत सामग्री उपलब्ध गराएको हो ।

बैंकले विपद् व्यवस्थापन समितिमार्फत प्रभावित परिवारका लागि लत्ताकपडा, खाद्यान्न, ग्यास चुल्हो तथा बत्ती हस्तान्तरण गरेको जनाएको छ ।

बाढीपहिरोका कारण प्रभावित परिवारले दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेको अवस्थामा उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न र अप्ठ्यारो परिस्थितिमा केही राहत पुर्याउने उद्देश्यले सहयोग गरिएको बैंकले जनाएको छ ।

बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले गोरखाको आरुघाटस्थित विपद् व्यवस्थापन समितिका पदाधिकारीलाई राहत सामग्री हस्तान्तरण गरेका थिए । 

Share News