कलंकीमा कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको कलंकीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भई काठमाडौंको खसीबजार बस्दै आएका १८ वर्षीय रोशन पाख्रिन रहेका छन् ।

प्रहरीका अनुसार असोज २८ गते बिहान करिब ३ः३० बजे कलंकीमा रोशन र १९ वर्षीय रुपेश पाख्रिनबीच सामान्य विवाद भएको थियो । विवादका क्रममा कुटपिट हुँदा रोशन घाइते भई बेहोस भएका थिए ।

उनलाई तत्काल उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा प्रत्यक्ष संलग्न रहेको आरोपमा १९ वर्षीय रुपेश पाख्रिनलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे सोधपुछ तथा अनुसन्धानका लागि अन्य तीन जनालाई समेत नियन्त्रणमा लिइएको  छ।

घटनाबारे प्रहरी वृत्त कालीमाटीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

Share News