काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत तीन जना उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन् ।
अभियानअन्तर्गत काभ्रेको बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् । त्यस्तै, सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् ।
म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका उनीहरूले क्यान खोल्दा नै आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । पुरस्कार जितेपछि तीनै जना विजेताको दशैंको खुसी थपिएको कम्पनीले जनाएको छ ।
पुरस्कार जित्दाको अनुभव सुनाउँदै धादिङको गल्छीका विजेता संजोग रिमालले क्यान खोल्दा यति ठूलो पुरस्कार पाउने कल्पनासमेत नगरेको बताए । पुरस्कार जितेको थाहा पाउँदा सुरुमा विश्वास गर्न गाह्रो भएको उल्लेख गर्दै उनले यसपालिको दशैं म्याक्स टाइगरले विशेष बनाइदिएको प्रतिक्रिया दिए ।
म्याक्स टाइगरले ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित विशेष कार्यक्रममार्फत ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको थियो ।
कम्पनीका अनुसार अभियानअन्तर्गत १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल, १८ जनाले यामाहा रे जेडआर स्कुटर र एक जनाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्ने अवसर पाउनेछन् ।
अभियानको सुरुवाती चरणमै तीन फरक स्थानका उपभोक्ताले पुरस्कार जितेपछि अन्य उपभोक्तामा पनि उत्साह बढेको कम्पनीले जनाएको छ ।
दशैंको अवसरमा उपभोक्तालाई पेय पदार्थसँगै खुसी र रोमाञ्चक अनुभव प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको कम्पनीको भनाइ छ । अभियान अझै जारी रहेकाले उपभोक्ताले आगामी दिनमा पनि आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् ।