काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँ र चाँदीको मूल्य २५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।