कांग्रेस सभापतिमा गगन थापा निर्वाचित, खड्गीले पाए ३७५ मत

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार भएको मतदानपछि काठमाडौंको राष्ट्रिय सभागृहमा राति अबेर सुरु भएको मतगणना भर्खरै सम्पन्न भएको महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमले जानकारी दिए ।

गौतमका अनुसार सभापतिमा निर्वाचित थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाए । मतगणनाका क्रममा ५४ मत बदर भएको थियो ।

निर्वाचन समितिका अनुसार महाधिवेशनमा ७ हजार ३१७ जना प्रतिनिधि रहेका थिए । तीमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए ।

सभापति पदबाहेकका मतपेटिका भने पार्टी कार्यालय सानेपामा लगिएको छ ।

Share News