बाढीका कारण सयपत्री हाइड्रोपावरको विद्युत उत्पादन अवरुद्ध

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले बागलुङको ताराखोला गाउँपालिकामा निर्माण गरेको २.५ मेगावाट क्षमताको दरमखोला ए जलविद्युत आयोजनाको विद्युत उत्पादन तथा प्रसारण बन्द भएको छ ।

आयोजनाको स्रोत नदी दरम खोलामा २०८३ साल असोज ९ गते शुक्रबार आएको बाढीका कारण प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत उत्पादन तथा प्रसारण कार्य अवरुद्ध भएको कम्पनीले जनाएको छ ।

बाढीले आयोजनाको स्वीचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको हरिचौर सबस्टेशनसम्मको ३३ केभी प्रसारण लाइनका पोल तथा तारमा क्षति पुर्याएको हो ।

कम्पनीका अनुसार असोज ९ गते राति ११ बजेदेखि आयोजनाबाट विद्युत उत्पादन तथा प्रसारण बन्द रहेको छ ।

Share News