नयाँदिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री डा. एस जयशंकर बीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकर बीच भेटवार्ता छ । भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले र भारतीय विदेश मन्त्री जयशंकर बीच नयाँदिल्लीमा भेटवार्ता भएको हो । 

भेटमा न्यानो, बलियो भरपर्दो सम्बन्धको आडमा द्विपक्षीय सहकार्य, उन्नयन र समुन्नतिको पहल विभित्र विषयमा छलफल भएको छ । 

नयाँदिल्लीस्थित नेपाली दूतावासकाअनुसार भेटमा मन्त्री डा. वाग्लेले रसुवामा भर्खरै गएको आकस्मिक बाढीपछिको उद्धार तथा राहत कार्यमा पुर्याएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद व्यक्त गरे । 

भेटमा नेपाल-भारतबीचको दीर्घकालीन मित्रतालाई अझ प्रगाढ बनाउने तथा विशेष गरी लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबुत बनाउने उपायहरूमाथि उनीहरुले छलफल गरे । 

यसअघि अर्थमन्त्री डा.वाग्लेले शुक्रबार भारतीय उच्च कूटनीतिज्ञसँग छलफल गरेको थियो । भ्रमणको पहिलो दिन उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेट गरेको थियो । 

सो क्रममा उनीहरू बीच द्विपक्षीय आर्थिक हित र सहकार्यका सन्दर्भमा छलफल भएको थियो ।

Share News