नोभा क्राउन प्रिमियम आइसक्रिमको ब्रान्ड एम्बेसडरमा शिल्पा मास्के

काठमाडौं । फिसटेल डेरी प्रालि अन्तर्गतको प्रिमियम आइसक्रिम ब्रान्ड नोभा क्राउन प्रिमियम आइसक्रिमले अभिनेत्री शिल्पा मास्केलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अभिनेत्री मास्के र नोभा क्राउनका ब्रान्ड सुपरभाइजर प्रायुष निरौलाबीच ब्रान्ड एम्बेसडरसम्बन्धी सम्झौता भएको हो । सम्झौतासँगै मास्के नोभा क्राउनका विभिन्न ब्रान्ड प्रवद्र्धन तथा सञ्चार अभियानमा सहभागी हुने भएकी छन् ।

सम्झौतापछि ब्रान्ड सुपरभाइजर निरौलाले मास्केको प्रतिभा, व्यक्तित्व र युवा पुस्तामाझको लोकप्रियता नोभा क्राउनको ब्रान्ड पहिचानसँग मेल खाने बताए । उनका अनुसार मास्केसँगको सहकार्यले उपभोक्तासँग ब्रान्डको सम्बन्ध थप विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

अभिनेत्री मास्केले पनि नोभा क्राउनसँग जोडिन पाउँदा खुसी व्यक्त गर्दै प्रिमियम आइसक्रिम अनुभव प्रदान गर्ने उद्देश्य बोकेको ब्रान्डसँग सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताइन् ।

कम्पनीका अनुसार ब्रान्ड एम्बेसडरका रूपमा मास्के नोभा क्राउनका विज्ञापन, डिजिटल सामग्री, सामाजिक सञ्जाल अभियान, प्रवद्र्धनात्मक कार्यक्रम तथा विभिन्न मार्केटिङ गतिविधिमा सहभागी हुनेछिन् ।

मास्केसँगको सहकार्यले विशेषगरी युवा तथा आधुनिक जीवनशैली अपनाउने उपभोक्तामाझ नोभा क्राउनको पहुँच विस्तार गर्न र प्रिमियम आइसक्रिम ब्रान्डका रूपमा आफ्नो पहिचान थप बलियो बनाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

फिसटेल डेरी प्रालि अन्तर्गतको नोभा क्राउन प्रिमियम आइसक्रिमले गुणस्तरीय उत्पादन तथा उत्कृष्ट आइसक्रिम अनुभव प्रदान गर्ने उद्देश्यका साथ नेपाली बजारमा आफ्ना उत्पादन तथा ब्रान्ड गतिविधि विस्तार गर्दै आएको कम्पनीले जनाएको छ ।

Share News