काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले व्यवस्थापन गर्दै आएको आरबीबी म्युचुअल फन्डअन्तर्गतका दुई योजनाले नगद लाभांश दिने घोषणा गरेका छन् ।
योजना व्यवस्थापकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाइधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार आरबीबी म्युचुअल फन्ड १ का इकाइधनीले २.७५ प्रतिशत नगद लाभांश (करसहित) पाउनेछन् । त्यस्तै, आरबीबी म्युचुअल फन्ड २ का इकाइधनीले ६ प्रतिशत नगद लाभांश (करसहित) प्राप्त गर्नेछन् ।
लाभांश आर्थिक वर्ष २०८२/८३ को मुनाफा र सो अवधिसम्म रहेको संचित कोषबाट वितरण गरिने आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ ।