संविधान दिवस भव्य रूपमा मनाउन एमालेको मातहत कमिटीलाई निर्देशन

काठमाडौं । नेकपा एमालेले असोज ३ गते मनाइने संविधान दिवस विभिन्न रचनात्मक कार्यक्रमसहित भव्य रूपमा मनाउन प्रदेश, जिल्ला तथा पालिका कमिटीहरूलाई निर्देशन दिएको छ ।

एमाले महासचिव शंकर पोखरेलले प्रदेश, जिल्ला र पालिका कमिटीका इन्चार्ज तथा अध्यक्षलाई पत्र पठाउँदै विगतका वर्षहरूमा झैं यस वर्ष पनि संविधान दिवसलाई उत्साहजनक रूपमा मनाउन निर्देशन दिएका हुन् ।

पत्रमा संविधानको रक्षाको सन्देशसहित आ-आफ्नो क्षेत्र र तहमा विभिन्न कार्यक्रम आयोजना गर्न भनिएको छ ।

एमालेले सोही अवसरमा प्रभातफेरी, दीपप्रज्वलन, विचार गोष्ठी, सरसफाइलगायतका रचनात्मक कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरेको छ ।

महासचिव पोखरेलले संविधान दिवसलाई सफल बनाउन मातहतका सम्पूर्ण कमिटी सक्रिय हुनुपर्ने उल्लेख गरेका छन् ।

नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ ।

null

Share News