काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजक सिद्धार्थ बैंकले प्रतियोगितालाई लक्षित गर्दै ग्राहकका लागि सिद्धार्थ एनपीएल क्रेडिट कार्ड र सिद्धार्थ एनपीएल बचत खाता’ गरी दुई नयाँ विशेष योजनाहरू सार्वजनिक गरेको छ ।
असोज १ गतेदेखि मंसिर २९ गतेसम्म आवेदन दिने ग्राहकले सर्तहरू पूरा गरी आजीवन निःशुल्क सिद्धार्थ एनपीएल क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् ।
यस योजनाअन्तर्गत पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिइनेछ भने दोस्रो वर्षदेखि अघिल्लो वर्ष कम्तीमा तीनवटा कारोबार गरेमा वार्षिक शुल्क फिर्ता गरिनेछ ।
त्यसैगरी, सिद्धार्थ एनपीएल बचत खाता खोल्ने ग्राहकले विशेष एनपीएल-थिममा आधारित डेबिट कार्ड, ५०० सिद्धार्थ रिभार्ड पोइन्ट र वार्षिक ५०० रुपैयाँमा डेबिट कार्ड तथा मोबाइल बैंकिङको बन्डल प्याकेज प्राप्त गर्नेछन् ।
असोज १ देखि कार्तिक ३० सम्मको अभियान अवधिभर उच्च रिभार्ड पोइन्ट कमाउने र प्रयोग गर्ने ग्राहकहरूले गिफ्ट ह्याम्पर, एनपीएल म्याचको टिकट र सेमिफाइनल खेलमा प्लेयर अफ द म्याच पुरस्कार हस्तान्तरण गर्ने अवसर पाउने बैंकले जनाएको छ ।