काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दीपेन्द्रमान चुई चुई नियुक्त भएका छन् ।
संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार लुम्बिनी विकास बैंकको प्रतिनिधित्व गर्दै सञ्चालक रहेका भेषराज गौतमको स्थानमा दीपेन्द्रमान चुई चुई नियुक्त भएका हुन् ।
संस्थाका अनुसार चुईले भदौ ३० गतेदेखि लुम्बिनी विकास बैंकको प्रतिनिधिका रूपमा सञ्चालक समितिमा जिम्मेवारी सम्हालेका छन् ।