नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा मीनबहादुर बोहरा नियुक्त

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मीनबहादुर बोहरा नियुक्त भएका छन् ।

संस्थाको भदौ ३० गते बसेको सञ्चालक समितिको ४०५औँ बैठकले बोहरालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको नियुक्ति असोज १ गतेदेखि लागू हुने संस्थाले जनाएको छ ।

संस्थाले नेपाल राष्ट्र बैंक र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार सञ्चालक समितिको निर्णयबमोजिम बोहरालाई सीईओको जिम्मेवारी दिइएको हो ।

नेरुडे मिर्मिरे लघुवित्त नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो । संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा रहेको छ ।

Share News