काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले स्वतन्त्र सञ्चालक नियुक्त गर्नुका साथै कम्पनी सचिवको जिम्मेवारी पनि तोकेको छ ।
कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारी अनुसार भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी ऐन, २०६३ बमोजिम डा. पवनकुमार शर्मालाई स्वतन्त्र सञ्चालकमा सर्वसम्मत रूपमा नियुक्त गरेको हो ।
त्यसैगरी लामो समयदेखि रिक्त रहेको कम्पनी सचिव पदमा कम्पनीका लेखा तथा प्रशासन प्रमुख सुवास दनुवारलाई एक वर्षका लागि जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यी दुवै नियुक्ति भदौ २९ गते बसेको सञ्चालक समितिको सर्वसम्मत निर्णयअनुसार गरिएको हो ।