काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समिति बैठकले चुक्ता पुँजीको १३ प्रतिशतका दरले २ करोड ६० लाख रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा लाभांश करसमेत समावेश रहेको कम्पनीले जनाएको छ ।
लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज १९ गते काठमाडौंको डिल्लीबजारस्थित रजिस्टर्ड कार्यालयमा बिहान ११ बजे २०औँ वार्षिक साधारणसभा बोलाएको छ ।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
त्यसैगरी, कम्पनीको नियमावलीअनुसार गरिएको सञ्चालक नियुक्तिको अनुमोदन गर्ने प्रस्तावसमेत साधारणसभामा पेस हुने कम्पनीले जनाएको छ ।