अर्थमन्त्रीको अवैतनिक सल्लाहकारमा विश्वविजय पराजुली नियुक्त

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्वविजय पराजुलीलाई आफ्नो ‘मानवीय मामिला’ सल्लाहकारमा नियुक्त गरेका छन् ।

भदौ २४ को मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारको रूपमा नियुक्त गरिएको हो । 

भोटेकोशी बाढीपश्चात मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय हितका काममा सहयोग हुने अपेक्षासहित
छोटो अवधिका लागि उनलाई नियुक्त गरिएको हो । 

पराजुलीको संयुक्त राष्ट्र संघमा लामो र गहन अनुभव रहेको छ । 

उनको यो अनुभव नेपालमा विपद् पश्चातको मानवीय राहत र पुनस्र्थापनाको काममा निकै उपयोगी हुने विश्वास अर्थ मन्त्रालयले लिएको छ ।

मन्त्री वाग्लेले पराजुलीलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै उनको सफल कार्यकालको कामना गरे ।

Share News