न्यूजिल्याण्डका प्रधानमन्त्रीसँग प्रधानमन्त्री शाहले गरे टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच शुक्रबार (आज) टेलिफोन वार्ता भएको छ ।

वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई सरकारले तीव्रता दिएको जानकारी गराए ।

उनले बाढीपछि बेपत्ता भएका सबै नागरिकको खोजीलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

प्रधानमन्त्री शाहले बाढी प्रभावितको राहत तथा मानवीय सहायताका लागि न्यूजिल्याण्ड सरकारले उपलब्ध गराएको २० लाख न्यूजिल्याण्ड डलर बराबरको सहयोगप्रति कृतज्ञता व्यक्त गरे ।

उनले नेपाल जलवायुजन्य विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षति तथा नोक्सानीका लागि वित्तीय सहयोग जुटाउने विषयमा न्यूजिल्याण्ड सरकारको रचनात्मक सहयोगका लागि आग्रहसमेत गरेका थिए ।

Share News