एशियन कंक्रिटोले ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । एशियन कंक्रिटो लिमिटेडले सेयरधनीलाई ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको भदौ १७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

लाभांश पारित गर्न कम्पनीले असोज २१ गते दिउँसो साढे १२ बजे नवलपरासीको रामग्राम नगरपालिका–१६ स्थित कम्पनीको कार्यालयमा वार्षिक साधारणसभा बोलाएको छ । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्नेछ ।

यस्तै, सञ्चालक समितिबाट गरिएको सञ्चालक नियुक्तिलाई अनुमोदन गरी नयाँ सञ्चालक लगत तयार पारेर अभिलेखका लागि पेस गर्ने, कम्पनी सचिव नियुक्त गर्ने तथा सञ्चालक समितिका पदाधिकारीहरूको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

गत आर्थिक वर्ष २०८२/८३ को सीमाभन्दा बढी गरिएको चन्दा खर्च अनुमोदन गर्ने प्रस्तावसमेत सभामा रहेको छ । त्यसैगरी, चुक्ता पुँजी तथा सञ्चित मुनाफाको कुल रकमभन्दा बढी ऋण लिएको विषय अनुमोदन गर्ने तथा कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेपछि संशोधित प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भए बमोजिम सञ्चालक समितिको संरचना परिवर्तन गर्ने प्रस्ताव पनि सभामा पेश हुने कम्पनीले जनाएको छ । 

Share News