३० प्रतिशत लाभांश बाँड्ने सिद्धार्थ क्यापिटलको घोषणा

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको सञ्चालक समितिको भदौ १६ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ३० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले असोज २३ गते अपरान्ह ५ बजे काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेसमा १५औँ वार्षिक साधारणसभा बोलाएको छ ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्नेछ ।

यस्तै, गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरिएको ५ लाख ४ हजार ४७ रुपैयाँ अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस हुने कम्पनी सचिव मुक्तिनाथ सुवेदीले जानकारी दिए ।

Share News