काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अमेरिका भ्रमण स्वीकृत भएको छ ।
बिहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत गरेको हो ।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्र सङ्घको ८१औं महासभामा भाग लिन अमेरिका जान लागेका हुन् ।
भ्रमण असोज ६ देखि १० गतेसम्म हुने सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।