काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक साह नियुक्त हुने भएका छन् ।
गौरीकुमारी यादवले राजीनामा दिएसँगै प्रधानमन्त्री बालेन्द्र शाहले साहलाई उद्योगमन्त्री नियुक्त गर्न लागेका हुन्।
उनी गत वर्षको निर्वाचनमा सुनसरी- ४ बाट निर्वाचित भएका थिए ।
साहलाई आजै शपथ ग्रहण गराउने तयारीसमेत भइरहेको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।
उनको शपथ साढे ५ बजे हुने स्रोतले बताएको छ ।