उद्योगमन्त्री गौरी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् ।

बिहीबार (आज) प्रधानमन्त्री बालेन शाहसमक्ष उनले राजीनामा बुझाएको मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री यादवले ग्यास उद्योगीहरूलाई पाता कस्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् । उक्त अभिव्यक्तिको चौतर्फी विरोध भएको थियो । त्यसलगत्तै उनले आज राजीनामा दिएकी हुन् ।

Share News