इमर्जिङ नेपालका सेयरधनीले ५५ हजार ५६० कित्ता सेयर बिक्री गर्ने

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडका आधारभूत सेयरधनी नन्दकिशोर मुन्दडाले ५५ हजार ५६० कित्ता सेयर बिक्री गर्ने मनसाय कम्पनीलाई जानकारी गराएका छन् ।

कम्पनीले बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्र पठाउँदै मुन्दडाको सेयर बिक्रीसम्बन्धी निवेदन भदौ २४ गते प्राप्त भएको जनाएको हो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ तथा नेपाल धितोपत्र बोर्डले २०८३ भदौ ९ गते जारी गरेको निर्देशनअनुसार आधारभूत सेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुभन्दा कम्तीमा १५ दिनअघि कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार मुन्दडाले आगामी तीन महिनाभित्र आफूले धारण गरेको उक्त सेयर बिक्री गर्ने आशय व्यक्त गर्दै कम्पनीमा निवेदन दिएका हुन् ।  

Share News