२० प्रतिशत लाभांश बाँड्ने आईएमईको घोषणा

काठमाडौं । आईएमई लिमिटेडले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले करसहित २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज १४ गते आईएमई कम्प्लेक्स, पानीपोखरी, काठमाडौंमा अपरान्ह ४ बजे २६औँ वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सहायक कम्पनी आईएमई खल्ती लिमिटेडको गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नेछ ।

यस्तै, सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिकसमेत निर्धारण गर्नेछ ।

Share News