मोरङ उद्योग व्यापार संघद्वारा जेन्जी शहीद दिवसका अवसरमा दीप प्रज्वलन तथा मौन धारण

काठमाडौं । मोरङ उद्योग व्यापार संघले जेन्जी शहीद दिवसका अवसरमा आज दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । 

संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा संघको कार्यालयमा आयोजित उक्त कार्यक्रममा पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले अमर जेन्जी शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ मौनधारण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राठीले जेन्जी शहीदहरूको बलिदानबाट प्राप्त परिवर्तनलाई आत्मसात् गर्दै उनीहरूको सपना साकार पार्नुपर्नेमा जोड दिए ।

शहीदका बाँकी रहेका सपना पूरा गर्न र मुलुकको आर्थिक विकासलाई अगाडि बढाउन निजी क्षेत्रका उद्योगी–व्यवसायीहरूका तर्फबाट हरसम्भव सहयोग रहने प्रतिबद्धता समेत उनले व्यक्त गरे । 

श्रद्धाञ्जली कार्यक्रममा संघका अध्यक्ष अनुपम राठीका साथै निवर्तमान अध्यक्ष नवीन रिजाल, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह, उपाध्यक्ष विकास कुमार बेगवानी, महासचिव संजय कुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भरत शर्मा प्रसाईं लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

Share News