काठमाडौं । नेपाल प्रहरीले भोटेकोशीको बाढीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा १ सय ७३ वटा भ्रामक सूचना तथा अफवाह फैलाउने कारबाहीका गरेको छ । समाजलाई त्रासमा राख्ने र विभाजित गर्ने तथा उत्तेजक खालका विचार लेख्ने पोष्टलाई प्रहरीले कारबाही गरेको हो ।
फेसबुकको १६८, टिकटक ४ र इन्स्टाग्रामको एउटा भ्रामक सूचना फैलाउने पोष्टलाई कारबाही गर्नका लागि पहिचान गरिएको प्रहरीले जनाएको छ ।
फेसबुकका विभिन्न ७९ वटा पोष्ट हटाइएको प्रहरीले जनाएको छ । त्यसैगरी टिकटकबाट ४ वटा सामग्रीसमेत हटाइएको प्रहरीले उल्लेख गरेको छ ।
गत भदौँ १० गतेको आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो धनजनको क्षति गरेको छ । केही दिनयता सामाकजिक सञ्जालमा भ्रामक सूचनासमेत फैलिएको छ ।
प्रहरीले समाज र व्यक्तिलाई उत्तेजित पुर्याउने व्यक्तिलाई कारबाही गर्दै आएको छ । सामाजिक सञ्जालमा आएका पोष्टलाई हटाउने समेत गरेको छ ।