इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२६ सम्पन्न, विभिन्न क्षेत्रका ७० व्यक्ति सम्मानित

काठमाडौं । राजधानीको राष्ट्रिय नाचघरमा इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२६ तथा नेपाल एण्ड इन्टरनेशनल समिट २०२६ सम्पन्न भएको छ । 

पूर्वउपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

सो अवसरमा प्रमुख अतिथि यादवले समाज रूपान्तरण र राष्ट्रिय एकतामा कलाकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताए । 

उनले भने, ‘राजनीति र कला एकअर्काका पूरक हुन् । जहाँ राजनीतिज्ञहरू पछाडि पर्छन्, त्यहाँ कलाकारहरूले आफ्नो कलाको माध्यमबाट समाजलाई चेतना दिने र अगाडि बढाउने काम गर्छन् । ’

नेपाल जस्तो विविधतापूर्ण मुलुकलाई कला र संस्कृतिले नै भावनात्मक रूपमा एकताबद्ध बनाउने उनको तर्क थियो । 

कार्यक्रममा आयोजक करणबहादुर चन्द र अनमोल भगतले नेपाल र भारतबीचको सांस्कृतिक र ऐतिहासिक सम्बन्धबारे चर्चा गरे । 

उनले त्रेतायुगदेखिको राम-सीताको सम्बन्धलाई स्मरण गर्दै कला र प्रतिभाको माध्यमबाट दुई देशको मित्रतालाई अझ प्रगाढ

बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल, भारत र बंगलादेशका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । 

अवार्ड समारोहमा विभिन्न क्षेत्रमा योगदान पुरÞ्याउने ७० जनालाई सम्मानित गरिएको थियो । यसैगरी, कार्यक्रममा रसुवा बाढीमा ज्यान गुमाउनेहरूप्रति १ मिनेट मौनधारण समेत गरिएको थियो । 

Share News