काठमाडौं । रसुवाको बाढीले बगाएर हालसम्म १ हजार ३५६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार विभिन्न स्थानबाट बाढी बगाएर ल्याएको अवस्थामा १ हजार ३५६ जनाको शव फेला परेको हो ।
प्रहरीका अनुसार ५३० पुरुष, महिला ३२९ महिला, आशिंक अंग ४९७ र १ हजार ३४८ जनाको शव मुचुल्का भइसकेको छ । ९८ शव मृतकका आफन्तलाई हस्तान्तरण गरिसकिएको छ ।
१ हजार २८० शवको डिएन परीक्षण गरिएको र १ हजार २९० मृतकका आफन्तको शवको डिएनए संकलन गरिएको छ ।
कुल २ हजार ५७० को डिएनए परीक्षण गरिएको छ । १ हजार ४४ जनाको शव जमिनमुनी राखिएको प्रहरीले जनाएको छ ।