भोटेकोशी बाढीः १३ सय बढीको शव भेटिँदा ९८ जनाको मात्रै सनाखत

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी गएको १२ दिन बितिसक्दा समेत खोजी तथा उद्धार कार्य जारी छ । 

सरकारका अनुसार राहत र उद्धारमा एकद्वार प्रणाली लागू गरेर खोजीको कामलाई तीव्रता दिइएको छ । 

राष्ट्रिय विपद जोखिम न्यूनीकरणका अनुसार हालसम्ममा १ हजार ३४१ जनाको शव फेला परेको छ । हालसम्म उद्धार गरिएको सङ्ख्या १३ हजार १०४ जना रहेको छ । सम्पर्कविहीन रहेको सङ्ख्या ४ हजार ९१६ छ ।

हालसम्ममा ९८ वटा शव मात्रै सनाखत भएका छन् । धेरैजना व्यक्तिहरू हराइरहेकाले हराएका व्यक्तिको सङ्ख्या तलमाथि हुने आँकलन गरिएको छ । 

१ हजार ३४१ शव फेला पर्दा ९८ जनाको मात्रै सनाखत भएर आफन्तले बुझेका छन् ।

Share News