काठमाडौं । काठमाडौं-धुलिखेल अस्पतालले भोटेकोशी बाढी तथा विपद्बाट प्रभावित परीवारलाई एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ ।
अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै विपद्का कारण प्रभावित परिवार तथा समुदायमा स्वास्थ्य समस्या बढ्न सक्ने भएकाले आवश्यक स्वास्थ्य सेवा, परामर्श तथा उपचारलाई प्राथमिकताका साथ निरन्तरता दिने उल्लेख गरिएको छ।
विपद्को समयमा प्रभावित नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न अस्पतालका स्वास्थ्यकर्मी तथा सम्बन्धित पक्षबीच आवश्यक समन्वय र सहकार्य गरिने अस्पतालले जनाएको छ। विशेषगरी विपद्बाट प्रभावित तथा जोखिममा रहेका समुदायलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
अस्पतालले विपद्का कारण उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिम न्यूनीकरणका लागि समुदायस्तरमा समेत आवश्यक सहयोग र सहकार्य गर्ने जनाएको छ । प्रभावित नागरिकलाई स्वास्थ्यसम्बन्धी समस्या देखिएमा समयमै उपचार तथा परामर्श लिन अस्पतालले आग्रह गरेको छ ।