काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज गोलभेडा, आलु, प्याजसहित अधिकांश तरकारीको मूल्य अद्यावधिक गरिएको छ ।
आज ठूलो नेपाली र भारतीय गोलभेडा प्रतिकिलो ६० रुपैयाँमा कारोबार भइरहेको छ । सानो टनेल गोलभेडाको मूल्य प्रतिकिलो २८ रुपैयाँ तोकिएको छ ।
आलुतर्फ रातो आलु (लाम्चो, गोलो र मुडे) प्रतिकिलो ४८ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ र सेतो आलु ३५ रुपैयाँ कायम गरिएको छ । भारतीय सुकेको प्याज प्रतिकिलो ९३ रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।
हरियो तरकारीमा स्थानीय बन्दा २५ रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मूला २० रुपैयाँ, सेतो हाइब्रिड मूला २५ रुपैयाँ, लाम्चो भन्टा १० रुपैयाँ र डल्लो भन्टा ३० रुपैयाँ तोकिएको छ । तने बोडी ४० रुपैयाँ, मकै बोडी ८० रुपैयाँ र घिउ सिमी प्रतिकिलो ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
टाटे सिमी ५० रुपैयाँ, भटमासकोसा १२० रुपैयाँ, तितो करेला ३० रुपैयाँ, लौका ४० रुपैयाँ, परवर ६० रुपैयाँ, घिरौला १० रुपैयाँ, पाकेको फर्सी ५० रुपैयाँ, हरियो फर्सी ३० रुपैयाँ र भिण्डी ३० रुपैयाँ प्रतिकिलो रहेको छ ।
सागपातमा रायोको साग ४० रुपैयाँ, पालुङ्गो १०० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ र हरियो प्याज १०० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ तोकिएको छ ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३५० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा १८० रुपैयाँ, कागती ३५० रुपैयाँ, अनार २५० रुपैयाँ र हरियो तरबुजा प्रतिकिलो ५० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।