काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज ठूलो नेपाली र भारतीय गोलभेँडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेँडा ३० रुपैयाँ, टनेल गोलभेँडा ४५ रुपैयाँ र भारतीय सानो गोलभेँडा ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
आलुमा रातो आलु ५१ देखि ५३ रुपैयाँ र भारतीय तथा सेतो आलु ४० रुपैयाँ प्रतिकिलो तोकिएको छ । भारतीय प्याजको मूल्य प्रतिकिलो ९८ रुपैयाँ कायम गरिएको छ। गाजर ८० देखि १०० रुपैयाँ, बन्दा ३० रुपैयाँ, काउली १०० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, लौका ५० रुपैयाँ, भिन्डी ४० रुपैयाँ र स्कुस ३० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको समितिले जनाएको छ ।
हरियो तरकारीतर्फ रायोको साग ६० रुपैयाँ, पालुङ्गो १५० रुपैयाँ, तोरीको साग १०० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ । च्याउतर्फ कन्य च्याउ २४० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ, राजा च्याउ ३३० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ ।
फलफूलमा फुजी स्याउ प्रतिकिलो ४०० रुपैयाँ, नेपाली केरा दर्जनको ३०० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती ४०० रुपैयाँ, जुनार २०० रुपैयाँ, नेपाली नास्पाती १०० रुपैयाँ, नेपाली मेवा ८० रुपैयाँ र नेपाली ड्रागन फ्रुट ५०० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ ।
मसलातर्फ अदुवा प्रतिकिलो २५० रुपैयाँ, हरियो खुर्सानी ५० देखि ७० रुपैयाँ, अकबरे खुर्सानी ३०० रुपैयाँ, हरियो धनियाँ १०० रुपैयाँ, नेपाली लसुन २०० रुपैयाँ र चाइनिज लसुन २२० रुपैयाँ प्रतिकिलो तोकिएको समितिले जनाएको छ ।