कालीमाटीले सार्वजनिक गर्‍यो आजको तरकारी र फलफूलको थोक भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेडादेखि आलु, प्याज, सागसब्जी र फलफूलको थोक मूल्य अद्यावधिक गरिएको हो ।

समितिले ठूलो नेपाली गोलभेडा र भारतीय ठूलो गोलभेडाको थोक मूल्य प्रतिकेजी ७० रुपैयाँ तोकेको छ । सानो टनेल गोलभेडा भने प्रतिकेजी ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आलुतर्फ रातो आलु (लाम्चो, गोलो र मुडे) प्रतिकेजी ४८ रुपैयाँ कायम भएको छ । भारतीय रातो आलु ३८ रुपैयाँ र सेतो आलु ३५ रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ। भारतीय सुकेको प्याजको मूल्य प्रतिकेजी ९० रुपैयाँ तोकिएको छ ।

हरियो तरकारीतर्फ स्थानीय बन्दा प्रतिकेजी ३० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, रातो मूला २० रुपैयाँ, सेतो हाइब्रिड मूला २५ रुपैयाँ, लाम्चो भन्टा १० रुपैयाँ र डल्लो भन्टा ३० रुपैयाँ कायम भएको छ । तने बोडी ४० रुपैयाँ, मकै बोडी ९० रुपैयाँ तथा स्थानीय र हाइब्रिड घिउ सिमी ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै टाटे सिमी ७० रुपैयाँ, भटमासकोसा १२० रुपैयाँ, तितो करेला ३० रुपैयाँ, लौका ४० रुपैयाँ, स्थानीय परवर ७० रुपैयाँ, घिरौला १० रुपैयाँ, पाकेको फर्सी ५० रुपैयाँ, हरियो डल्लो फर्सी ३० रुपैयाँ र भिण्डी ३० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

सागसब्जीतर्फ रायोको साग ४० रुपैयाँ, पालुङ्गो साग १०० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ ।

च्याउ र अन्य तरकारीमध्ये कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ४०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली १२० रुपैयाँ, चुकन्दर ६० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकेजी ३५० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा प्रतिदर्जन १८० रुपैयाँ, कागती प्रतिकेजी २५० रुपैयाँ, अनार २५० रुपैयाँ र हरियो तरबुजा प्रतिकेजी ५० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।

Share News