सुन तोलामा २ हजार ४०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला ३ लाख २० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि बिहीबार पनि सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको थियो । त्यसको भोलिपल्ट शुक्रबार फेरि २ हजार ४०० रुपैयाँले घटेसँगै सुनको मूल्य थप ओरालो लागेको हो ।

चाँदीको मूल्य भने शुक्रबार स्थिर रहेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला ४ हजार ९६५ रुपैयाँ मा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घट्दो क्रममा रहेको छ । शुक्रबार सुन प्रतिऔंस ४ हजार ५८० अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share News