प्याज किलोको १०० रुपैयाँ, यस्तो छ कालीमाटीमा कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिले तरकारी, फलफूल, मसला तथा माछालगायतका वस्तुको अधिकतम थोक मूल्य निर्धारण गरेको हो ।

समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ४५ रुपैयाँ र गोलभेँडा सानो (टनेल) ६५ रुपैयाँ कायम गरिएको छ। आलु रातो (लाम्चो) प्रतिकिलो ५१ रुपैयाँ, आलु रातो (गोलो) ५३ रुपैयाँ, आलु सेतो ४० रुपैयाँ र भारतीय सुकेको प्याज प्रतिकिलो १०० रुपैयाँ तोकिएको छ।

हरियो तरकारीतर्फ स्थानीय काउली प्रतिकिलो ११० रुपैयाँ, स्थानीय गाजर १२० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, बन्दा ४० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला ३५ रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ र डल्लो भन्टा ४० रुपैयाँ निर्धारण गरिएको छ ।

सिमी, करेला, लौका र फर्सीजस्ता तरकारीको मूल्य पनि सार्वजनिक गरिएको छ। बोडी तने र मकै बोडी प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी ९० रुपैयाँ, टाटे सिमी ८० रुपैयाँ, भटमास कोसा १४० रुपैयाँ, तीते करेला ५० रुपैयाँ, लौका ६० रुपैयाँ, परवर ८० रुपैयाँ, चिचिण्डो र घिरौँला ३० रुपैयाँ तथा पाकेको फर्सी ६० रुपैयाँ तोकिएको छ।

सागपाततर्फ पालुङ्गो प्रतिकिलो १५० रुपैयाँ, रायो र तोरीको साग १०० रुपैयाँ तथा हरियो प्याज २०० रुपैयाँ कायम भएको छ। च्याउमध्ये कन्य च्याउ २६० रुपैयाँ, राजा च्याउ ३३० रुपैयाँ, डल्ले च्याउ ६०० रुपैयाँ र सिताके च्याउ प्रतिकिलो १ हजार रुपैयाँ पुगेको छ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३५० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन ३०० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती र अनार प्रतिकिलो ३०० रुपैयाँ, जुनार २०० रुपैयाँ, नेपाली मेवा ८० रुपैयाँ, चिनियाँ नास्पाती २५० रुपैयाँ, किबी ४०० रुपैयाँ र ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो ५०० रुपैयाँ निर्धारण गरिएको छ।

मसलातर्फ अदुवा प्रतिकिलो ३०० रुपैयाँ, हरियो लाम्चो खुर्सानी ६० रुपैयाँ, अकबरे खुर्सानी ३०० रुपैयाँ, हरियो धनियाँ ५०० रुपैयाँ, नेपाली लसुन २०० रुपैयाँ र चिनियाँ लसुन २२० रुपैयाँ कायम गरिएको छ।

समितिले ताजा माछाको मूल्य पनि सार्वजनिक गरेको छ । राहु माछा प्रतिकिलो ३७० रुपैयाँ, बचुवा ३४० रुपैयाँ र छडी माछा ३५० रुपैयाँ तोकिएको छ ।

Share News