काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले भदौ ११ गते सञ्चालन हुने भनिएका सम्पूर्ण परीक्षा स्थगित गरेको छ ।
विश्वविद्यालयको रजिस्ट्रार कार्यालयले जारी गरेको सूचनाअनुसार नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्राप्त सूचना तथा हालको प्राकृतिक विपत्तिबाट सिर्जना भएको प्रतिकूल परिस्थितिका कारण परीक्षा स्थगित गरिएको रजिस्ट्रार प्रा.डा. सुविर सिंहले जानकारी दिए ।
स्थगित परीक्षाको नयाँ तालिका यथाशीघ्र प्रकाशित गरिने विश्वविद्यालयले जनाएको छ ।
यसैबीच, भदौ १० गते नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको ठूलो मानवीय क्षति र जनधनको विनाशप्रति कृषि तथा वन विज्ञान विश्वविद्यालय परिवारले गहिरो दुःख व्यक्त गरेको छ ।