सामसङले ल्यायो मनसुन अफर, होम अप्लायन्समा २३ प्रतिशतसम्म क्यासब्याक

काठमाडौं । सामसङ नेपालले आफ्ना टीभी तथा होम अप्लायन्समा लक्षित गर्दै विशेष मनसुन अफर सार्वजनिक गरेको छ । कम्पनीले अफरअन्तर्गत चुनिएका होम अप्लायन्समा २३ प्रतिशतसम्म क्यासब्याक तथा टीभी खरिदमा निःशुल्क साउन्डबार र नेटटीभी सब्सक्रिप्सनलगायतका सुविधा दिने जनाएको छ ।

सामसङका अनुसार अफरमा टीभी, वासिङ मेसिन र रेफ्रिजेरेटर समावेश छन् । चुनिएका टीभी मोडल खरिदमा १२ महिनासम्मको निःशुल्क नेटटीभी सब्सक्रिप्सन उपलब्ध हुनेछ । केही मोडलमा निःशुल्क साउन्डबारको सुविधा पनि राखिएको छ ।

टीभीतर्फ नियो क्यूएलईडीमा ७ प्रतिशत, मिनी एलईडीमा ६ प्रतिशत, क्यूएलईडीमा १८ प्रतिशत, यूएचडीमा १२ प्रतिशत, एफएचडीमा ७ प्रतिशत र एचडी टीभीमा २१ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुने कम्पनीले जनाएको छ ।

मिनी एलईडीको ८५ इन्च मोडल र यूएचडीको ७५ इन्च मोडल खरिदमा ४९ हजार ९९९ रुपैयाँ मूल्य बराबरको साउन्डबार निःशुल्क उपलब्ध हुनेछ । यस्तै, विभिन्न टीभी मोडलमा ६ देखि १२ महिनासम्मको निःशुल्क नेटटीभी सब्सक्रिप्सनको सुविधा दिइनेछ । 

वासिङ मेसिनमा २३ प्रतिशतसम्म क्यासब्याक

सामसङले वासिङ मेसिनतर्फ २३ प्रतिशतसम्म क्यासब्याकको योजना ल्याएको छ ।

कम्पनीका अनुसार ९ देखि ११ केजी क्षमताका एआई इकोबबल वासर ड्रायरमा २३ प्रतिशतसम्म र ९ देखि १२ केजी क्षमताका एआई इकोबबल फ्रन्ट लोड वासिङ मेसिनमा २२ प्रतिशतसम्म क्यासब्याक पाइनेछ ।

त्यस्तै, ८ केजी क्षमताका फुल्ली अटोमेटिक टप लोड र ७ केजी क्षमताका सेमी अटोमेटिक टप लोड वासिङ मेसिनमा १२ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ । चुनिएका मोडलमा सर्फ एक्सेल म्याटिक पाउडरसमेत निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ । 

रेफ्रिजेरेटरमा १७ प्रतिशतसम्म क्यासब्याक

रेफ्रिजेरेटरमा पनि १७ प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको छ ।

साइड-बाइ-साइड रेफ्रिजेरेटरमा ११ प्रतिशत, ५ इन १ मोडलमा १५ प्रतिशत, डबल डोरमा १७ प्रतिशत र सिंगल डोर रेफ्रिजेरेटरमा १५ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुने कम्पनीले जनाएको छ । 

२४ महिनासम्मको ईएमआई सुविधा

ग्राहकले सामसङका होम अप्लायन्स २४ महिनासम्मको ईएमआई योजनामा समेत खरिद गर्न सक्नेछन् । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवाबाट यस्तो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नयाँ उपकरण खरिद गर्न चाहने ग्राहकले आफ्ना पुराना उपकरण आर्कोस्टोर वा नेपालभर रहेका सामसङका अधिकृत खुद्रा पसलमार्फत एक्सचेन्ज गर्न सक्नेछन् ।

कम्पनीका अनुसार मनसुन अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ । अफरसम्बन्धी थप जानकारीका लागि नजिकैको सामसङको अधिकृत स्टोरमा सम्पर्क गर्न सकिनेछ ।

Share News