१६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य बढेको छ ।

आज तोलामा १ हजार ६ सय रुपैयाँ बढी ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुनको मूल्य ३ हजार ६ सय रुपैयाँले बढेको थियो ।

यससँगै सुनको मूल्य हिजो र आज गरी ५ हजार २ सय रुपैयाँ बढेको छ ।  

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ६० रुपैयाँले बढी ४ हजार ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share News