स्मार्ट इकोसिस्टम र ग्यालेक्सी एआईसहित सामसङका नयाँ फोल्डेबल स्मार्टफोन बजारमा

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टमसहित आठौं पुस्ताका फोल्डेबल स्मार्टफोनहरू-ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप ८ का साथै ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा २ औपचारिक रूपमा सार्वजनिक गरेको छ । 

आठौं पुस्तामा प्रवेश गरेको फोल्डेबल प्ल्याटफर्मले डिजाइन, टिकाउपन, पोर्टेबिलिटी र सफ्टवेयरमा हासिल गरेको उत्कृष्ट सुधारलाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा र फोल्ड ८ का ठूला डिस्प्लेले एआईलाई विभिन्न काम गर्न अझ ठूलो कार्यस्थल उपलब्ध गराउँछन् जसले गर्दा प्रयोगकर्तालाई एप परिवर्तन नगरी कार्य गर्न सहज हुन्छ । 

यस्तै, कम्प्याक्ट फर्म फ्याक्टरको जेड फ्लिप ८ ले छिटो एआई अन्तरक्रिया प्रदान गर्छ भने नयाँ ग्यालेक्सी वाच लाइनअपले स्वास्थ्य तथा वेलनेस अनुभवलाई विस्तार गर्दछ । सामसङले नेपालमा प्रिमियम प्रविधि भित्र्याउने मात्र नभई सुलभता, पहुँचयोग्यता र दिगोपनालाई केन्द्रमा राख्दै एउटा पूर्ण कनेक्टेड ओनरशिप इकोसिस्टम निर्माण गरेको बताएको छ । 

सुलभताका लागि एसएफएल सँगको सहकार्यमा ४० प्रतिशत डाउन पेमेन्टसहित २४ महिनाको इएमआई सुविधा र योग्य ग्राहकका लागि २० प्रतिशत डाउन पेमेन्टमा ३६ महिनासम्मको इएमआई विस्तार गर्ने लक्ष्य राखिएको छ । त्यस्तै, आइएमएस र हिम इलेक्ट्रोनिक्समार्फत डिजिटल केवाइसी तथा रेमिट्यान्स प्रमाणीकरणदेखि खरिद र डेलिभरीसम्मको ओम्निच्यानल डिजिटल यात्रा सहज बनाइएको कम्पनीको भनाइ छ । 

दिगोपनालाई ध्यानमा राख्दै ब्उपगमय र स्थानीय साझेदारहरूको सहकार्यमा पुराना उपकरणहरूको परीक्षण र मूल्याङ्कन गरी पुनः प्रयोगमा ल्याइनेछ । जसले ग्राहकलाई उचित मूल्य दिनुका साथै भ–धबकतभ घटाउन मद्दत पुर्याउनेछ । 

सामसङले एचएफएल, इसेवा, एनसेल, एपकुडो, आइएमएस र हिम इलेक्ट्रोनिक्सलाई एउटै इकोसिस्टममा जोडेर एकीकृट ग्राहक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

लन्चका अवसरमा सामसङ नेपालका प्रबन्ध निर्देशक  च्याङ उक जुङले परम्परागत स्मार्टफोनले एआईलाई एउटा झ्याल दिने भए पनि फोल्डेबलले एउटा सिङ्गो कार्यस्थल दिने बताउँदै नेपालमा सम्पूर्ण स्वामित्व यात्रालाई अझ स्मार्ट बनाउने उद्देश्य रहेको व्यक्त गरे । 

साथै, सामसङले हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा स्थानीय टेलिभिजन उत्पादन तथा ‘सामसङ इनोभेसन क्याम्पस’ मार्फत नेपाली युवाहरूलाई कोडिङ, प्रोग्रामिङ र एआई क्षेत्रमा सीप विकास गराउँदै आएको छ ।

यसैबीच, कम्पनीले बुधबारदेखि नयाँ ग्यालेक्सी जेड सिरिजका लागि स्टक उपलब्ध रहुन्जेलका लागि प्रि–अर्डर खुला गरेको छ । जसअन्तर्गत ६८हजार रुपैयाँसम्मका लाभहरू भएको प्रि-अर्डर प्याकेज र ५८ हजार रुपैयाँसम्मका लाभहरू भएको सामान्य प्रि-अर्डर प्याकेज घोषणा गरिएको छ । 

दुवै प्याकेजमा २ वर्षका लागि एनसेलको अनलिमिटेड डेटा तथा भ्वाइस प्याक, १५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस, १८ हजार ३५१ रुपैयाँसम्मको बचत हुने गरी ६ महिनाका लागि निःशुल्क गुगल एआई प्रो, निःशुल्क फोन कभर र २ वर्षको थप वारेन्टी सुविधा समावेश छ ।

 भीआइपी प्याकेज लिने ग्राहकले भने ग्यालेक्सी वाच ९ वा वाच अल्ट्रा २ को खरिदमा थप १० हजार रुपैयाँ छुट पाउनेछन् । 

Share News