पत्रकार किशोर श्रेष्ठलाई म्याद थप गर्न लैजाँदै प्रहरी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले म्याद थप गर्न जिल्ला अदालत, काठमाडौं लैजाने तयारी गरेको छ । 

जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाले श्रेष्ठलाई म्याद थप गर्नका लागि अहिले डकुमेन्टेन्सनको काम भइरहेको जानकारी दिए । 

‘उहाँलाई आज म्याद थप गर्न लैजानैपर्छ,’ उनले भने । 

बुधबार साँझ ललितपुरस्थित निवास छेउबाट श्रेष्ठ पक्राउ पक्राउ परेका हुन् ।

प्रहरी परिसर काठमाडौंको टोलीले श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरी उनलाई नियन्त्रणमा लिएको हो ।

उनलाई परिसरको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ । उनी जनआस्था डकमका प्रधान सम्पादक पनि हुन् । 

श्रेष्ठमाथि वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको अभियोग छ । 

प्रहरीका अनुसार दिपिका सिंहले जनआस्थाको सामाजिक सञ्जाल पेजमा आफ्नो तस्बिर प्रयोग गरी भ्रामक विषयवस्तु फैलाएको भन्दै उजुरी दिएपछि यो कारबाही अगाडि बढाएको हो । 

उनलाई परिसरको हिरासतमा राखि अनुसन्धान अघि बढाइएको छ । उनी जनआस्था डटकमका अध्यक्ष हुन् ।

Share News