घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य घटेको छ ।

तोलामा १ हजार २ सय रुपैयाँले घटी ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो सुनको मूल्य तोलामा ६ हजार ४ सय रुपैयाँ बढी ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

गत पाँच दिनमा २४ हजार २ सय रुपैयाँ बढेको सुनको मूल्य आज घटेको हो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ३५ रुपैयाँले घटी ४ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

गत वर्षको माघ १५ गते  सुनको मूल्य तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो । 

नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । 

Share News