एसबिआई बैंकको नाफा २ अर्ब नाघ्यो, लाभांश क्षमता ११.०४ प्रतिशत

काठमाडौं । नेपाल एसबिआई बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १२.८८ प्रतिशत बढेर २ अर्ब ४ करोड ४३ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १ अर्ब ८१ करोड ९ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १.२९ प्रतिशत बढेर ५ अर्ब ३३ करोड ४३ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब २६ करोड ६० लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ३० करोड २७ लाख ६८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ७ अर्ब १५ करोड ७८ लाख २४ हजार रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ९१ करोड ६१ लाख ४१ हजार रुपैयाँ रहेको छ । 

अघिल्लो वर्ष खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब २१ करोड ६१ लाख ७९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ६ अर्ब ८० करोड ३५ लाख ९० हजार रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ७४ करोड ५२ लाख ४९ हजार रुपैयाँ थियो । 

गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब २५ करोड १६ लाख ३९ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ११.०४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब १९ करोड ७१ लाख १७ हजार रुपैयाँ र लाभांश क्षमता १०.९८ प्रतिशत थियो ।

११ अर्ब ३३ करोड ५१ लाख २४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ४८ करोड ६१ लाख २४ हजार रुपैयाँ रहेको छ ।

गत असारसम्म बैंकको निक्षेप संकलन ६.६२ प्रतिशत बढेर २ खर्ब १२ अर्ब ८२ करोड ६४ लाख रुपैयाँ र कर्जा लगानी ८.२३ प्रतिशत बढेर १ खर्ब ४६ अर्ब ७ करोड ७७ लाख रुपैयाँ प्रवाह गरेको छ ।

अघिल्लो वर्षको असारसम्म बैंकले १ खर्ब ९९ अर्ब ६० करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब ९६ करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको निक्षेप कर्जा अनुपात ७१.१६ प्रतिशत रहेको छ । 

अघिल्लो वर्ष १५.९८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर १८.०४ रुपैयाँ पुगेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात २१.७७ गुणा छ भने प्रतिसेयर नेटवर्थ १९४.७३ रुपैयाँ छ ।

बैंकको खराब कर्जा ३.३५ प्रतिशतबाट घटेर २.९२ प्रतिशतमा झारेको छ । 

Share News