एकैदिन साढे ६ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार (आज) सुनचाँदीको मूल्यमा उच्चवृद्धि भएको छ । सुनको मूल्य आज तोलामा ६ हजार ४ सय रुपैयाँ बढेर ३ लाख ७ हजार ९ सय पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर ३ लाख १ हजार ५ सयमा झरेको थियो। 

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ११० रुपैयाँ बढेर चाँदीको मूल्य ४ हजार ७ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ३७१ डलर रहेको छ ।

Share News