काठमाडौं । गरिमा विकास बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा २८.३७ प्रतिशत बढेर १ अर्ब ६८ करोड ८६ लाख ६६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १ अर्ब २४ करोड ७६ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ५.६४ प्रतिशत बढेर ३ अर्ब ८१ करोड ५६ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ६१ करोड २० लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ६१ करोड ९२ लाख ७३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ४ अर्ब ५६ करोड ७४ लाख २२ हजार रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ५८ करोड १ लाख ४२ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष खुद शुल्क तथा कमिसन आम्दानी ५१ करोड ८ लाख ९४ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ४ अर्ब २५ करोड ८० लाख ६६ हजार रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ८० करोड ८६ लाख ८९ हजार रुपैयाँ थियो ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब २१ करोड ७९ लाख ६१ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता २०.२४ प्रतिशत रहेको छ ।
६ अर्ब २ करोड १३ लाख ४८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४३ करोड ३९ लाख ३१ हजार रुपैयाँ रहेको छ ।
गत असारसम्म बैंकको निक्षेप संकलन ९.२७ प्रतिशत बढेर ९८ अर्ब ४७ करोड २० लाख रुपैयाँ र कर्जा लगानी १३.१७ प्रतिशत बढेर ७८ अर्ब २४ करोड ११ लाख रुपैयाँ प्रवाह गरेको छ ।
अघिल्लो वर्षको असारसम्म बैंकले ९० अर्ब ११ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब १३ करोड ६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको निक्षेप कर्जा अनुपात ८६.१४ प्रतिशत रहेको छ ।
बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष २१.९६ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर २८.०४ रुपैयाँ पुगेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात १४.४० गुणा छ भने प्रतिसेयर नेटवर्थ १७७.२६ रुपैयाँ छ ।
बैंकको खराब कर्जा ४.६९ प्रतिशतबाट बढेर ४.७६ प्रतिशत पुगेको छ ।