काठमाडौं । ‘प्रीटि सलुन’ले काठमाडौंमा पनि अन्तर्राष्ट्रियस्तरको ब्युटी तथा स्किन केयर सेवा सुरु गरेको छ । काठमाडौं महानगरपालिका–३१, शंखमूलस्थित बागमती नदीको पुलनजिक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको भवनको तेस्रो तलाबाट सलुन सञ्चालनमा आएको हो ।
सलुनको औपचारिक उद्घाटन गायिका आगन्तुक खरेलकी सुपुत्री आँचल पुनले रिबन काटेर गरेकी थिइन् । उद्घाटन कार्यक्रममा सांगीतिक क्षेत्रका कलाकार तथा अन्य अतिथिको उपस्थिति रहेको थियो । रिबन काटेलगत्तै गायिका खरेलसहित सहभागीहरूले केक काटेर उद्घाटन समारोहलाई विशेष बनाएका थिए ।
सलुनकी सञ्चालिका तथा गायिका आगन्तुक खरेलले महिलाहरूका लागि आवश्यक सम्पूर्ण सौन्दर्य तथा स्किन केयर सेवा एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यका साथ काठमाडौंमा प्रीटि सलुन सञ्चालनमा ल्याइएको बताइन् ।
उनका अनुसार प्रीटि सलुनको मुख्य विशेषता गुणस्तरीय सेवा, आधुनिक प्रविधि र अनुभवी विशेषज्ञमार्फत प्रत्येक ग्राहकको आवश्यकता अनुरूप व्यक्तिगत सेवा प्रदान गर्नु हो ।
सलुनमा हेयर स्टाइलिङ, मेकअप, नेल आर्ट, ब्राइडल मेकओभरलगायतका ब्युटी सेवासँगै अत्याधुनिक स्किन केयर सेवा पनि उपलब्ध रहेको उनले जानकारी दिइन् ।
छालासम्बन्धी समस्याको पहिचानका लागि अनुभवी चिकित्सकको परामर्श उपलब्ध गराइने र त्यसका आधारमा आवश्यक उपचार तथा सेवा प्रदान गरिने व्यवस्था गरिएको पनि उनले बताइन् ।
प्रीटि सलुनमा हाइड्रा फेशियल, लेजर ट्रीटमेन्टलगायत आधुनिक स्किन केयर प्रविधिमा आधारित सेवा सञ्चालनमा छन् । साथै, अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय स्किन केयर ब्रान्डका उत्पादन प्रयोग गरिएकाले सुरक्षित, प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्ने लक्ष्य रहेको सञ्चालिका खरेलको दाबी छ ।
दुबईमा आर्जन गरेको ११ वर्षको अनुभवलाई नेपालमा विस्तार गर्दै नेपाली ग्राहकलाई विश्वस्तरीय ब्युटी तथा स्किन केयर सेवा उपलब्ध गराउने उद्देश्यले काठमाडौंमा प्रीटि सलुन सञ्चालनमा ल्याइएको खरेलले बताइन् ।