काठमाडौं । नबिल बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ३३.५० प्रतिशत बढेर ७ अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ५ अर्ब ९२ करोड २१ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ४.१८ प्रतिशत बढेर १७ अर्ब ९२ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १६ अर्ब ३२ करोड ७२ लाख ८१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३ अर्ब ५४ करोड १० लाख ७९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २२ अर्ब ३३ करोड ४३ लाख ६१ हजार रुपैयाँ र सञ्चालन नाफा ११ अर्ब ५६ करोड ४२ लाख २६ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष खुद शुल्क तथा कमिसन आम्दानी ३ अर्ब ४२ करोड ८८ लाख ७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २१ अर्ब ६३ लाख ९६ हजार रुपैयाँ र सञ्चालन नाफा ९ अर्ब २३ करोड ५४ लाख ५८ हजार रुपैयाँ थियो ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ लाख ४८ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १९.१० प्रतिशत रहेको छ ।
३२ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३४ अर्ब ६८ करोड ४ लाख २० हजार रुपैयाँ रहेको छ ।
गत असारसम्म बैंकको निक्षेप संकलन १२.९५ प्रतिशत बढेर ५ खर्ब ९२ अर्ब ५५ करोड ९३ लाख रुपैयाँ र कर्जा लगानी १२ प्रतिशत बढेर ४ खर्ब ६० अर्ब ३१ करोड ८७ लाख रुपैयाँ प्रवाह गरेको छ ।
अघिल्लो वर्षको असारसम्म बैंकले ५ खर्ब २४ अर्ब ६२ करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १० अर्ब ९९ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको निक्षेप कर्जा अनुपात ८०.१८ प्रतिशत रहेको छ ।
बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष २१.८९ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर २८.३६ रुपैयाँ पुगेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात १८.८६ गुणा छ भने प्रतिसेयर नेटवर्थ २४७.२८ रुपैयाँ छ ।
बैंकको खराब कर्जा ४.४८ प्रतिशतबाट घटेर ४.२० प्रतिशतमा झारेको छ ।