काठमाडौं । एनएमबी बैंकको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा खुद नाफा ४०.६० प्रतिशत बढेर ४ अर्ब १ करोड ३६ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले २ अर्ब ८५ करोड ४६ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशत बढेर ९ अर्ब ४२ करोड ६२ लाख ४० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ८ अर्ब २ करोड ८ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब ५९ करोड ८ लाख ६८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १३ अर्ब ३ करोड ४० लाख ६७ हजार रुपैयाँ, सञ्चालन नाफा ६ अर्ब ११ करोड ७५ लाख ६ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब १८ करोड ४५ लाख ८६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १० अर्ब ८८ करोड ४५ लाख १८ हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ७३ करोड ९९ लाख ८८ हजार रुपैयाँ थियो ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ७५ करोड ९ लाख ४१ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ९.०८ रुपैयाँ रहेको छ ।
२२ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ९० करोड १७ लाख ३४ हजार रुपैयाँ रहेको छ ।
गत असारसम्म बैंकको निक्षेप संकलन १२.१७ प्रतिशत बढेर ३ खर्ब १५ अर्ब ११ करोड ८४ लाख रुपैयाँ र कर्जा लगानी ९.३३ प्रतिशत बढेर २ खर्ब ४९ अर्ब ७५ करोड ९९ लाख रुपैयाँ प्रवाह गरेको छ । अघिल्लो वर्षको असारसम्म बैंकले २ खर्ब ८० अर्ब ९२ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २८ अर्ब ४५ करोड ६३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको निक्षेप कर्जा अनुपात ८२.७७ प्रतिशत रहेको छ ।
बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १४.८० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर २०.१८ रुपैयाँ पुगेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात ११.८५ गुणा छ भने प्रतिसेयर नेटवर्थ १८१.१५ रुपैयाँ छ ।
बैंकको खराब कर्जा ४.११ प्रतिशतबाट बढेर ४.९१ प्रतिशत पुगेको छ ।